बजाजको उल्टो अफरः बाइक किन्दा दुई लाखसम्म नगद उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 04:52:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नर्या वर्ष २०७६ को अवसरमा “बजाज उल्टो अफर” सार्वजनिक गरेको छ । कम्पनीले “किने पछि जित्ने होइन जिते पछि किन्ने” नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो । 

बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केहि सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । 

उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्नेछन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्नेछन् । 

योजनाको शुभराम्भगर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले नयाँ वर्षको अवसरमा यो योजना ल्याएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved