सुजुकीको नयाँ शोरुम धोबिघाटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 10:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले नयाँ सुजुकि स्टेट अफ द आर्ट शोरुम संचालनमा ल्याएको छ । धोबिघाटमा स्थापना गरिएको शोरुमको मारुति सुजुकी इण्डियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले उद्घाटन गरेका हुन। उक्त शोरुम १२ हजार बर्ग फिट भन्दा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

शोरुम उद्घाटन कै अवसर पारेर कम्पनीले थर्ड जेनेरेशनको वागनर कार सार्वजनिक गरेको छ । उक्त कारमा रोबस्ट बडि सिस्टम, बोल्ड फ्रन्ट फग ल्याम्प, स्मार्ट म्युजिक प्ले सिस्टम, एबिएस सगै इबिडि सिस्टम पनि रहेको कम्पनीले जनाएको छ । उक्त कारको मूल्य २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म पर्ने सिजी मोटोकर्पले जानकारी दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved