गोर्खा इको प्यानलको डिलर धनगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 04:05:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खा इको प्यानलले डिलर सञ्चालनमा ल्याएको छ । प्यानलले अधिकृत विक्रेता कैलालीको धनगढीमा डिलर सञ्चालनमा ल्याएको हो । 

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवाल र अप्सन बिल्डर्स प्रालिका प्रोपाइटर डम्वर शाहीले उक्त डिलरको उद्घाटन गरेका हुन् । 

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ ।

हाल इको प्यानलले १४  वटा डिलरहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved