सिमेन्टमा रिद्दी सिद्धिको नौलो प्रयोग: चुहावट रोक्न बोरामा लेजर सिल, रोबोटको निगरानीमा ल्याब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2019 | 11:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सिमेन्ट उद्योगले १५ बर्षको अवधिमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ। डेढ दशकअघिसम्म भारतमाथि निर्भर रहेको सिमेन्ट उद्योग १५ बर्षको अवधिमा आत्मनिर्भर तर्फ अघि बढ्नु चानचुने कुरा पक्कै होइन। सम्भवत: यो क्षेत्रको फस्टाउदो अवस्था देखेर हुनुपर्छ सरकारले सिमेन्टलाई निर्यातयोग्य बस्तुको रुपमा अघि बढाएको छ। 

१६ बर्षअघि भारतको सिमेन्टको हिस्सा ९० प्रतिशत रहेकोमा अहिले त्यो अवस्था ठ्याक्कै उल्टिएको छ, अर्थात सम्भवत भारतीय सिमेन्टको हिस्सा अहिलेको अवस्थामा ४-५ प्रतिशत मात्रै छ। सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सिमेन्ट उद्योगलाई निर्यातयोग्य बस्तु बनाउने लक्ष्य लिनुलाई सिमेन्ट उद्योगीले उपलब्धिको रुपमा लिएका छन। 

आफ्नै उत्पादनमा निर्भर बन्दै गर्दा पछिल्लो समय सिमेन्ट कम्पनीबीच तिब्र प्रतिस्पर्धा चलेको छ। डेढ दशकको अवधिमा झन्डै ६१ वटा सिमेन्ट कम्पनीहरु संचालनमा छन। यस मध्ये १० वटा कम्पनीले आफै चुनढुंगा उत्पादन गरि सिमेन्ट बनाउछन भने ५१ वटा कम्पनीले अन्तिम कच्चा पदार्थ 'क्लिन्कर' किनेर सिमेन्ट बनाउदै आएका छन। संख्या बढ्दै जाँदा सिमेन्ट कम्पनीबीच गुणस्तर, प्रविधि र मुल्य लगायतका बिषयमा प्रतिस्पर्धा तिब्र रुपमा अघि बढेको छ। 

थोरै हुँदा आफुअनुकुल सिमेन्ट उत्पादन गर्दै आएका कम्पनीहरु समेत उद्योगमा बढ्दो प्रतिस्पर्धाकै कारण अहिले बजारको र ग्राहकको आवश्यकता अनुरुप सिमेन्ट उत्पादनमा ध्यान दिन थालेका छन। यहि क्रमलाई पछयाउदै शंकर तथा अम्बे समुहको १० अर्ब लगानीमा रिद्दी सिद्धि सिमेन्ट कम्पनी नेपाली बजारमा आएको  छ। कम्पनीले २०७५ चैत १२ देखि सिमेन्ट उत्पादन थालेको छ।

भनिन्छ, प्रतिस्पर्धामा जुन पछि आउँछ उसले पुंजी, प्रविधि र पहिचानमा ठुलो मात्रामा लगानी गर्नुपर्छ र ब्राण्ड बनाउन धेरै मिहिनेत गर्नुपर्छ। यहि 'मन्त्र' लाई मनन गरि रिद्दी सिद्दी सिमेन्टले नेपालकै नौलो र उच्च प्रविधिको प्रयोग गर्दै सिमेन्ट उत्पादन थालेको छ। सिमेन्टको गुणस्तरको नयाँ स्तर खडा गर्ने लक्ष्य सहित फागुन २०७३ मा स्थापित रिद्दी सिद्दी कम्पनीले 'गुणस्तरको नयाँ स्तर' नारा सहित नेपाली बजारमा प्रवेश गरेको छ।   

हेटौडाको रातोमाटो अवस्थित यस कम्पनीले मकवानपुर तथा चितवनस्थित आफ्नै चुनढुंगा खानिबाट दैनिक ३००० टन सिमेन्ट उत्पादन क्षमता बोकेको छ। चितवनको नारायणघाटदेखी पूर्वको बजार हिस्सा ओगट्ने दाउमा रहेको यो सिमेन्ट कम्पनीका चार ठाउँमा चुनढुंगा खानी छन् । मनोहरी राक्सिराङ, हेटौडाको निवुटार, चितवनको शक्तिखोर र उदयपुरको कटारीमा रिद्धिसिद्धी सिमेन्टका चुनढुंगा खानी छन।  

रिद्दी सिद्दीले गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। सामान्यतया सिमेन्ट ओपिसी, पिपिसी र पीएससी गरि तिन प्रकारका हुन्छन। जसमा ओपिसी सिमेन्टको प्रयोग ढलान गर्न तथा उच्चतम भार बहन हुने ठाउँमा प्रयोग हुन्छ। र पिपिसी र पीएससीको तुलनामा केहि महँगो हुन्छ।  

प्रविधिमा अव्वल 

गुणस्तरलाई प्राथमिकतामा राखेको रिद्दी सिद्दीले स्वचालित युरोपियन प्रविधिको वातावरण मैत्री प्लानको निर्माण गरेको छ। यसले गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सघाउछ। 

यतिमात्र नभई रिद्दी सिद्दीले सिमेन्ट उत्पादनमा नेपालमै पहिलो पटक एफएल स्मिथको अत्याधुनिक रोबोटीक ल्याब प्रयोग गरेको छ। यसले गुणस्तर सम्बन्धि कुनै पनि समस्या आएमा तुरुन्त अनलाइन प्रविधि मार्फत उक्त समस्याको समाधान तत्काल गर्दछ। यहि बिशेषताले गर्दा आम जनमानसमा रिद्दी सिद्दी सिमेन्टले रोबोटीक सिमेन्टको पहिचान बनाएको छ। 

रोबोटीक ल्याब प्रयोग हुँदा गुणस्तर मापनको लागि बिना मानवीय त्रुटीद्वारा नियन्त्रण गरि सिमेन्ट उत्पादन हुने गर्दछ। यसले सिमेन्टको गुणस्तरमा एकरुपता कायम गर्न ठुलो मद्दत गर्दछ। र २४ सै घण्टा सिमेन्टको गुणस्तर निगरानीमा रहन्छ। त्यस्तै रिद्दी सिद्दीले सिमेन्टमा मसिनोपन कायम राख्नका लागि भीआरएम प्रविधि जडान गरेको छ। यस पद्दतिबाट सिमेन्टमा मसिनोपन कायम रहन्छ।    

नेपाल मै पहिलो पटक लेजर सिल प्याकेजिङ

रिद्दी सिद्दीले प्रविधिको प्रयोगका कयौं उदाहरण पेश गर्दै लेजर सिल प्याकेजिङ प्रयोग गर्ने पहिलो र एकमात्र कम्पनीको पहिचान बनाएको छ। यस्तो प्याकेजिंङले सिमेन्टको बोरालाई परम्परागत रुपमा प्रयोग हुने बोराहरू भन्दा अझ मजबुत बनाउदछ भने बोराहरू च्यात्न सकिदैन। त्यति मात्र नभई प्याकिङ तथा ढुवानीको क्रममा हुन सक्ने चुहावट रोक्दछ।

रिद्दी सिद्दीले सिमेन्ट बोराको प्याकेजिंङमा नेपालमै पहिलो पटक ८ कर्नर ब्यागको प्रयोग गरेको छ। अन्य कम्पनीहरुले ४ कर्नर ब्याज प्रयोग गर्दै आएका छन। ८ कर्नरको लेजर सिल प्याकेजिङले सिमेन्टको चुहावटलाई पूर्ण रुपमा रोक्ने काम गर्दछ।   

पर्यावरणमैत्री सिमेन्ट

रिद्दी सिद्दीले सिमेन्ट उत्पादनको क्रममा रासायनिक पदार्थले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गर्न सम्पूर्ण सामग्री, साधन तथा प्रविधि पर्यावरणको सम्पूर्ण मापदण्ड अन्तर्गत परिक्षण गरेको छ।

त्यति मात्र नभई रिद्दी सिद्दी सिमेन्टको भण्डारणमा कुनै धुलो नहुने गरि 'मोस्टर प्रुफ' को प्रयोग गरेको छ। यसले अन्य सिमेन्ट बोराको तुलनामा धुलो अत्यन्त कम आउँछ।

(रिद्दी सिद्दी सिमेन्टका जेनेरल म्यानेजर मुकुन्द धिमिरे र ब्राण्ड म्यानेजर अनुज महतसंगको कुराकानीमा आधारित) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved