टिभिएस मोटरसाइकल तथा स्कुटल नेपालमै एसेम्बल हुने भएका छन् । नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधन बिक्रीको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बलका लागि प्रक्रिया अघि बढाएको हो ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालका अनुसार एसेम्बलको सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनिक तथा अन्य काममा कम्पनी लागिपरेको छ । नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन् ।
नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ । नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुनजुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।