सिजनमै सिमेन्ट कम्पनीबीच प्रतिस्पर्धा तिब्र, प्रचारमा युनाइटेड सिमेन्टको नयाँ शैली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 11:21:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उद्योगमा बैशाख जेठलाई पिक सिजनको रुपमा लिईन्छ। सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्दा विकास निर्माणका काममा मन्दी छाएको छ। यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा देखिएको छ। 

सिमेन्ट उद्योगको संख्या बढेसंगै तिनीहरुको उत्पादन क्षमता समेत बढेको छ। तर उत्पादन भएअनुसार माग नहुँदा पिक सिजनमा समेत सिमेन्ट व्यवसायीहरु फुर्सदिला देखिन्छन। गत बर्ष अहिलेको समयमा ब्यापार गर्न भ्याई नभ्याई गर्ने कम्पनीहरु अहिले कसरि ग्राहक लोभ्याउने भनेर बिभिन्न स्किम सहित बजारमा प्रचार प्रसारमा लागेका छन। सामान्यतया मङ्सिर देखि असारसम्मको अवधिलाई सिमेन्ट उद्योगमा पिक सिजनको रुपमा लिइन्छ।  

तिब्र प्रतिस्पर्धामा आफ्नो छुट्टै पहिचान बनाउने अभियानमा कम्पनीहरुले आफ्नो सिमेन्टको प्रचार गर्न सकेसम्म उत्कृष्ट प्रयास गर्ने क्रममा छन। सिजनको समयमा समेत सिमेन्ट कम्पनीबीच प्रचार प्रसारमा तिब्र प्रतिस्पर्धा जारि छ। गएको बर्ष माग पुर्याउन समेत हम्मे हम्मे भएका सिमेन्ट कम्पनिहरुलाई अहिले भएको उत्पादन बेच्न कठिन भएको छ। 

बजारमा भएका करिब ६१ वटा सिमेन्ट कम्पनीबीच आफ्नो छुट्टै पहिचान बनाएको युनाइटेड सिमेन्ट समेत बिभिन्न स्किम सहित प्रचार प्रसारमा लागिपरेको छ। यसले पनि नाम चलेका कम्पनीलाई आफ्नो उत्पादन बिक्रि गर्न कुन तहको चुनौती खेप्नुपरेको छ भन्ने अनुमान लगाउन सकिन्छ। 

ब्राण्डमा अघि देखिनलाई युनाइटेड सिमेन्टले गरेको प्रचार प्रसारको शैलीले भने अहिले बजारमा धेरैको ध्यान खिचेको छ। काठमाण्डौको गुण सिनेमा हल नै कब्जा गरेको देखिने गरि राखिएको युनाइटेड सिमेन्टको होर्डिङ बोर्डले धरैको ध्यान तानेको छ। प्रचार प्रसारको यो शैलीलाई धेरैले 'नौलो प्रयास' भनेका छन। 

सडकका छेउमा रहेका बिजुलीको पोल, ट्राफिक डाइभर्सन, बिभिन्न माध्यमका मिडिया, होर्डिङ बोर्ड, एफएम र सार्वजनिक यातायात जस्ता माध्यम मार्फत आफ्नो प्रचार प्रसार गरिरहेको युनाइटेड सिमेन्टले गुण सिनेमा हलको पुरा भवननै कब्जा गरर बिज्ञापनले ढकीढकाउ बनाएको छ। यसरि राखिएको होर्डिङ बोर्डले फिल्म हेर्न जाने र सडकमा सवारी चलाउने तथा सडक छेउको बाटोमा यात्रा गर्ने सबैको ध्यान तानेको छ।

नेपालमा हाल ६१ वटा कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएका छन। यसमध्ये करिब १० वटाले आफ्नै क्लिन्कर प्रयोग गरेका छन भने ५१ वटाले अरुको क्लिन्कर किनेर सिमेन्ट उत्पादन गर्दै आएका छन। बार्षिक ९० लाख टन सिमेन्टको माग रहेकोमा अहिले १२० टन सिमेन्ट उत्पादन भईरहेको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved