'जे पे गर्दा नि आइएमई पे' कार्यक्रम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 03:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेले "जे पे गर्दा नि आइएमई पे" नामक कार्यक्रम सुरु गरेको छ । मोबाइलबाट गरिने हरेक भुक्तानी सहज पार्न यो कार्यक्रम सुरु गरिएको कम्पनीले जनाएको छ ।  

जस अनुसार  बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि।भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकटको लागि भुक्तानी यसै मार्फत गर्न सकिने  प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले बताए । त्यस्तै यस बाट सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।

गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरि यो मोबाइल वालेट एपको प्रयोग गर्न सकिने र यसलाई नेपाल राष्ट्र बैंकले पनि स्वीकृति दिएको नाहाटाले बताए । 

कम्पनीले सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिने जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved