किंग्स लाउञ्जको शाखा पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 04:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

किंग्स लाउञ्जले पोखरामा आफ्नो शाखा विस्तार गरेको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा लाउञ्जले स्थापनाको एक बर्ष पुगेको अवसरमा शाखा सन्चालनमा ल्याएको छ । 

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । एक बर्ष अगाडि विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा काठमाण्डौंको दरबारमार्गमा किंग्स लाउञ्ज सञ्चालनमा ल्याएका थिए । छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट रुपमा प्रस्तुतत गर्न सफल भएको लाउञ्ज व्यवस्थापनको  दाबी छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि बिस्तारै शाखा बिस्तार गर्दै लैजाने लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका परिकारहरु पाइन्छ । लाउञ्जमा हाईजेनिक खानाका परिकारको अलवा दैनिक रुपमा लाइभ कन्सर्ट हुनेछ । ग्राहकहरुलाइ आफ्नो गन्तब्य स्थानमा पुग्न गाह्रो हुने अवश्था आएमा आवस्यकता अनुसार घरसम्म निःशुल्क छोडिदिने ब्यवस्था पनि लाउञ्जले मिलाएको छ । 

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने, बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने र हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ । लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved