टुटल र पठाओको कर मिनाहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 11:57:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रस्तुत गरेको बजेटमा करको दायरामा नआएका कम्पनिहरुको २०७५ भन्दा अगाडिको कर तथा जरिवाना छुट गर्ने भएको छ । 

बजेट मार्फत अर्थमन्त्री डा। युवराज खतिवडाले करको दायरमा नआएका स्टार्टअप संचालकलाई ०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आउन भनेका छन् । तोकिएको समयभित्रमा करको दायरामा आएमा यस अघिका सम्पूर्ण कारोबारमा लागेको कर छुट दिने व्यवस्था सरकारले गरेको छ ।

यसबाट स्टार्ट अप कम्पनि जस्तै टुटल र पठाओ लगाएतलाइ छुट हुनेछ । केही समयअघि  कर  नबुझाएको भनेर आन्तरिक राजस्व कार्यालय ललितपुरले टुटल र पठाओलाई जरिवाना र ब्याज रकम तोकेको थियो ।  टुटललाई ३ करोड ३९ लाख रुपैँया कर र पठाओलाइ कर र जरिवाना गरि  ३० लाख रुपैयाँ तिर्न भनिएको थियो । यदि यि कम्पनि करको दायरामा आएमा पुरानो कर तथा जरिवाना सरकारले छुट दिनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved