ओपोको ब्राण्ड आइडेन्टिटी सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 11:27:50 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोनको अग्रणी ब्राण्ड ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान ९ब्राण्ड आइडेन्टिटी० प्रस्तुत गरेको छ । आइडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ । 

ओपोले ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्याती प्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ । आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । 

नयाँ ब्राण्ड ईमेजरीले थप सरल लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ ९बक्र०का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । ईमेजरीमा नयाँ रंग प्रणाली ९कलर सिष्टम० र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । 

नवप्रबर्तन तथा श्रृजनशीलताका लागि निरन्तरताको साथै ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिजपनि सार्वजनिक गर्ने तयारी गरेको छ । श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकसित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल यूवा टे«ण्डसेटर्स लक्षित फोन हो । 

ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्प्रेरकको काम गर्ने कम्पनीको अनुमान छ । यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा ‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्ति दर्शाउने प्रयास गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved