रोयल इनफिल्ड नयाँ बाइक बजारमा, डेढ महिनापछि मूल्य बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 01:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रोयल इनफिल्डले नयाँ बाइक बजारमा ल्याएको छ । कम्पनीले रोयल इनफिल्ड क्लासिक ३५० सिसि गनमेटल ग्रे बाइक नेपालमा लन्च गरेको हो । कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल्सले  एक कार्यक्रमका बीच बाइक सार्वजनिक गरेको हो ।

बाइकमा ३५० सिसिको इन्जिन, डुअल डिस्क ब्रेक, एक्सहस्ट फिन्स्, ओभल टुल बक्स, स्पिडोमिटर डायल्स, सिंगल सिट स्प्रिङग, सेडल टेल लाइट एसेम्बलि, हेडलाइट क्याप लगाएतका विशेषता रहेका छन् । बाइकको पुरानो भर्सनमा भन्दा यसमा रियर डिस्क ब्रेक फिचर थप गरिएको कम्पनीले जनाएको छ । 

बाइकको मुल्य असार मसान्त सम्मको लागि ५ लाख १५ हजार कायम गरिएको छ ।  आर्थिक बर्षको समाप्तीसँगै बाइकको बजार मुल्य बढ्ने कम्पनीले जनाएको छ । बाइक विवेक अटोमोबाइल्सको १९ वटा शाखाबाट उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved