द भ्वाइस अफ नेपालमा युनाइटेड सिमेन्ट्सको प्रायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 03:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय गायन रियालिटी सो द भ्वाइसको नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन–२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ । हिमालयन टेलिभिजनमा साउन पहिलो साताबाट प्रसारण हुने द भ्वाइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ । 

चर्चित रियालिटि सो द भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको तथा नेपाली संगीतको प्रर्बद्धनमा सिमेन्टको सहकार्य अर्थपुर्ण रहने हिमालयन टेलिभिजनका  कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved