बिदेशकै मुल्यमा नेपालमा टिभी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 03:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग साझेदारी गरेको छ । सम्झौतामा इलेक्ट्रोनिक्सका तर्फबाट प्रभाकर शम्शेर थापा र मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले उक्त देशमा रहेको मुल्यमै टिभी खरिद गर्न सक्नेछन् । 

हिम इलेक्ट्रोनिक्स नेपालका लागि सामसङ्ग उत्पादनहरुको आधिकारिक बितरक रहेको छ । हिम इलेक्ट्रोनिक्सले मध्यपूर्व देशहरुमा टिभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसङ्ग टिभी प्रदान गर्दछ । यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउने । त्यसपश्चात, यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टिभी घर लग्न सक्नेछन् ।

सम्झौता जुलाई १ बाट प्रारम्भ हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved