सर्लाहीमा खुल्यो जेसीबीको आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 08:15:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले सर्लाहीको हरिवनमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेट बाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले उक्त आउटलेटको उद्घाटन गरे । उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको गिरिजा अर्थमुभर्सका यन्दु जैनले बताए । 

योसहित जेसीबीले नेपालमा १३ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । 

जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved