पञ्चकन्याको “डेकिङ्ग” सिट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 09:15:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या समूहको निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा सार्वजनिक भएको छ । निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा रहेको डेकिङ्ग सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो रहेको कम्पनिले जनाएको छ ।

यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र सबैले खरिद गर्न सक्ने मुल्य रहेको छ । डेकिङ्ग सिट तौलमा हलुका, मजबुत, खिया नलाग्ने र वाटरप्रुफ रहेको जनाइएको छ । यसमा कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्न जानेछ, मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसारको साइजमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved