अन्तराष्ट्रिय चेन भएको होटल मेरिएट काठमाडौंमा, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 03:54:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानिमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । काठमाडौँ मेरिएट नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको पहिलो होटल हो । 

६५ देशमा होटलहरु रहेको मेरिएटको फ्ल्यागसीप ब्राण्ड नेपालमा ल्याउन पाउँदा खुसी भएको मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले बताए ।

होटलको सिलिङ्गमा ५०० केजीको पुँजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाइनुको साथै होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।

होटलमा २१४ वटा  कोठा, बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरु रहेको जनाइएको छ। अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ । यसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको जनाइएको छ । 

एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको छ । रक्सी एक म्यूजिक बार हो जसले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल र जाज् म्यूजिक सेसन पनि आयोजना गर्दछ । 

बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउसको कफि ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफि आधारित पेय पदार्थ पेश गर्दछ । 

होटलमा ७४० स्क्वायर मिटर क्षेत्रफल भएको ब्याङक्वेट स्पेस रहेको छ । स्वास्थ्य र सर्वाङ्गीण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिट्मेन्ट कोठाहरु रहेका छन् जसमा दिमाख र शरिरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर रहेका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved