ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 04:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

थ्रीडी रेन्डर्स मार्फत ओपोले विकसित गरेको फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृतरुपमा प्रदर्शित गरिएको छ । ओपोद्वारा उत्पादित रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध गराईएको छ । 

मोनोक्रोममा उपलब्ध थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंज सहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक देखिन सघाएको छ । 

फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ । उपकरण पुर्णरुपमा तयार नभइसकेकोले पट्याउन मिल्ने उपकरणको बारेमा कम्पनीले आधिकारिक घोषण गरेको छैन ।

सन् २०१९को सूरुवातमै मोबाइल वल्र्ड कंग्रेसमा आयोजित ओपोको प्रेस ईभेन्ट लगतै ओपोका अध्यक्षले कम्पनीको विकासको प्रक्रियामा रहेको पट्याउन मिल्ने फोन प्रदर्शित गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved