नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले आयोजना गरेको “बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८”मा कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड रनर अप अवार्डबाट सम्मानित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई अवार्ड प्रदान गरे । बोटलर्स नेपालले विगत ४ वर्षदेखि निरन्तर यो जित्दै आइरहेको छ ।