प्रधानन्यायधिश जबराको बोल्ड कदम, गोर्खा वियरबाट ८८ करोड कर असुल्ने बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 03:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खा ब्रुअरी (गोर्खा वियर) बाट ८८ करोड अन्तशुल्क उठाउने बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार उच्च अदालत पोखराको आदेश उल्ट्याईदिएपछि भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले तोकेको अन्तःशुल्क उठाउन बाटो खुलेको हो । 

जेठ ९ गते गोर्खा ब्रुअरीको दुई वर्षको निर्धारण कर ८८ करोड ११ लाख १७ हजार ६२३ असुल पत्र पठाइएको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ को ५२ करोड १६ लाख ३५ हजार ६८४ र २०७४/०७५ को ३५ करोड ९४ लाख ८१ हजार ९३८ निर्धारण गरी पत्र दिइएको थियो । 

दुई वर्षमा ब्रुअरीले जर्ती बढी कटाएपछि कार्यालयले कर निर्धारण गरेको हो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि ‘फ्लोमिटर’ बिग्रिएको भन्दै ब्रुअरीले धेरै जर्ती कटाएपछि राजस्व कार्यालयले सो को कर निर्धारण गरेको जनाएको छ । 

निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते पोखरास्थित उच्च अदालतमा रिट दायर गरेकामा उक्त अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । 

ब्रुअरीविरुद्ध राजस्व कार्यालयले गत मंगलबार सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । प्रधानन्यायाधीश जवराको इजलासले  पोखरास्थित उच्च अदालतले जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेपछि कर असुल्ने बाटो खुलेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved