गोर्खा ब्रअरीलाई ८७ करोड तिर्न ७ दिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 02:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व कार्यालयले गोर्खा ब्रुअरीलाई रकम ७ दिनभित्र ८७ करोड रकम सरकारलाई तिर्न निर्देशन दिएको छ । आन्तरिक राजश्व कार्यालयले कम्पनीले तिर्नुपर्ने अन्तशुल्क, तिर्न गरेको ढिलाई र जरिवाना बापतको ८७ करोड १४ लाख रुपैयाँ राजश्व ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो । 

कम्पनीले अघिल्लो र गत आर्थिक बर्षमा तोकिएभन्दा बढी परिमाण जर्ती दाबी गरेपछि कार्यालयले कम्पनीको प्रारम्भिक अन्तःशूल्क गत जेठ ९ मा निर्धारण गरेको थियो । कार्यालयले निर्धारण गरेर तिर्न भनेको रकम नतिरी कम्पनीले उच्च अदालत पोखरामा कार्यालय विरुद्ध रिट दायर गरेको थियो । उच्च अदालतले पनि कम्पनीको पक्षमा हुनेगरी आन्तरिम आदेश जारी गरेपछि आन्तरिक राजश्व कार्यालयले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले उच्च अदालतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि गोर्खा ब्रअरीबाट रकम अशुल्न कार्यालयलाई बाटो खुलेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved