पत्रकार गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 07:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक पत्रकार रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा मुलत ‘क’ बर्गका २८ बाणिज्य बैकहरुको प्रोफाइल समेटिएको छ।

पुस्तकमा विकास बैक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिटयान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पारिएका छन् । पुस्तकको अर्को खण्डमा गौतमले नेपालको वित्तिय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरु समेटेका छन।

आम मानिसमा वित्तिय पहूँच र चेतना अभिवृद्धि होस, बैक वित्तिय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधाहरुबारे र उनीहरुको पृष्ठभुमि समेत जान्न सकियोस् भन्नका लागि पुस्तक लेखिएको लेखक गौतमले बताए । बैकहरुको प्रोफाइल समेटिएको यस पुस्तक नेपालको सन्र्दभमा पहिलो भएको समेत गौतमले बताए । लेखक गौतमले भने ‘पुस्तकबाट नेपालको बैंक वित्तिय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ भन्ने मलाई लाग्छ’।

आर्थिक क्षेत्रमा थोरै भएपनि योगदान दिने हिसावले आफुले पुस्तक बजारमा ल्याएको बिजनेशपाटी डटकमका सम्पादक समेत रहेका गौतमले बताए । सामाजिक, साँस्कृतिक र साहित्यका विधामा बर्षेनी सयौंको सङख्यामा पुस्तकहरु प्रकाशन हुने गरेपनि आर्थिक क्षेत्रलाई विषयवस्तु बनाएर अत्यन्तै नगन्य सङख्यामा पुस्तक बजारमा आउने गरेका छन।  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved