दिपक मलहोत्राको अध्यक्षतामा बन्यो मोवाइल आयातकर्ताको छाता संगठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 10:05:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मोवाइल फोन आयात गर्दै आएका व्यवसायीहरु विधिवत रुपमा छाता संगठन गरी आवद्ध भएका छन् । मोवाइल आयातकर्ताहरुले ‘मोवाइल फोन इम्पोर्टस् एशोसिएशन'को घोषणा गरेका हुन। 

नेपालले संचार र प्रविधिमा फड्को मार्ने क्रममा मोवाइल क्षेत्रको विस्तारसँगै चुनौती पनि थपिएको र त्यस्ता चुनौतीहरु समाधान गर्न एशोसिएशनको गठन गरिएको जनाइएको छ। एशोसिएशनका अध्यक्ष तथा सामसुङ मोवाइल आयातकर्ता आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले सवै व्यवसायीहरु गोलबद्ध भएर समस्या समाधान गर्न एशोसिएशन गठान गरिएको बताए। 

मोवाइल क्षेत्रको विस्तारसंगै बजारमा भइरहेको नक्कली तथा अबैध आयात रोक्न एशोसिएशनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएको छ।   हाल देशभर ४ हजार साना व्यापारी तथा उनीहरुका परिवार यस व्यवसायमा आश्रित रहेको कार्यक्रममा बताइएको छ। त्यस्तै ३ हजार २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका एसोसिएसनको दाबी छ। एशोसिएशनको गठनसँगै मोवाइल आयातबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्नुका साथै अझ पारदर्शी रुपमा अघि बढ्न सहयोग पुग्ने बिश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved