ओपोको रेनो सिरिज नेपाली बजारमा आउदै, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 12:23:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक भने रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको हो । 

कम्पनीले भारतिय बजारमा पछिल्लो महिना रेनो टू सिरिज अन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ । यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो । रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । ती मध्य सबै वा छानिएका उपकरणहरु मध्य कुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ ।

 रेनो सिरिज अन्तर्गतको नयाँ संस्करणमा  ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत फिचर्सहरु छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved