सिटिसी मोबाइल टीकाको दिनबाहेक हरेक दिन खुल्ने, चाडमा अफर भित्र अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 08:38:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिसी मोबाइल हब सुन्धाराले दशैं टीकाको दिन बाहेक सबै दिन मोबाइल बिक्री गर्ने भएको छ । अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै दशैं तथा तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो । 

वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका लागि यस्तो अभियान सुरु गरिएको मोबाइल हबले जनाएको छ ।अफर भित्र अपर सहित सञ्चालित मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । 

असोज ५ गतेदेखि कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार समेत पाउनेछन् । 

मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ । 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बनेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved