बिइङ ह्युमनको व्यवसाय स्थगन भएको हो, बन्द भएको होइन: संचालक थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 10:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रबद्र्धित बिइङ ह्यूमन क्लोथिङ’ का नेपालका स्टोरहरु थप व्यवस्थित रुपमा संचालनमा आउने भएको छ। थप व्यवस्थित रुपमा संचालनमा ल्याउनलाई केहि समय कारोबार स्थगन गरिएको भएपनि बन्द नभएको भन्दै तिहारअघि नै नेपालमा रहेका बिइङ ह्यूमनका आउटलेट संचालनमा आउने संचालक राजू थापाले बताएका छन। 

'हामी अहिले मजबुत टिमको साथमा अझ केहि बृहत रुपमा अगाडी आउन खोजिरहेका छौँ, अहिले भइरहेको भन्दा अझै धेरै ठाँउहरुमा आउटलेट राख्ने योजनमा छौं, त्यसका लागि हामी अहिले केहि आन्तरिक गृहकार्यहरु गरिरहेका छौ' थापाले भने, 'हाम्रो पोखराबाहेक काठमाडौंका केहि आउटलेट मात्र बन्द छन् तर, यसलाई कम्पनी बन्द भएको भन्ने रुपमा बुझ्नु भएन, केहि दिनका लागि कारोबार रोकीएको मात्र हो।'

थापाले योजनाअनुसारनै केहि आउटलेटहरुको कारोबार स्थगन गरेको जानकारी दिंदै भने, 'बिईगं ह्युमन सानो कम्पनी होईन, ठुलो लगानीको कम्पनीको योजना बनाउँदा सहजै हुन्छ भन्ने हुँदैन,अहिले कारोबार स्थगन गरका हौँ तर बिईगं ह्युमन बन्द भएको होइन।' 

के के समान मगाउने अनि नयाँ आउटलेट कहाँ कहाँ खोल्ने भन्ने बिषय लगभग टुङ्गीसकेकाले यहि तिहारअघिदेखी थप उत्पादनका साथ आफ्ना आउटलेट सुचारु गर्ने थापाले दाबि गरे। 'म हाम्रा ग्राहकहरुलाई पनि जानकारी गराउन चाहन्छु की बिईगं ह्युमन छिट्टै बजारमा अझ बृहत रुपमा आउँदैछ'।

मनीष मन्धानाको नेतृत्वमा रहेको बिईगं ह्युमन कम्पनीले कपडालगायतको ब्यापार गर्छ। बिईगं ह्युमन अहिले नेपालमा वस्त्र इन्क  नामक कम्पनीको स्वामित्वमा थापा क्षेत्रीले सञ्चालन गरिरहेका छन्। भारतबाट शुरु भएको बिईगं ह्युमन बहराईन, युएई हुदैँ नेपाललगायत १५ वटा देशहरुमा फैलिएको छ। बिश्वभर यसको ५ सयभन्दा बढी आउटलेट छन भने नेपालमा काठमाडौं उपत्यकामा तीन र पोखरामा एउटा गरी ४ आउटलेट छन। 

यो कम्पनी अहिले व्यापारिक प्रयोजनमा मात्र सिमीत नभई फाउण्डेशनमार्फत समाजसेवाका गतिविधी पनि गरिरहेको छ। बिईगं ह्युमनले कपडाको बिक्रीबाट हुने नाफाको ठुलो हिस्सा फाउन्डेसनमार्फत समाजसेवाका गतिविधी गर्नका लागि छुट्याउने गर्छ। सलमान खान फउण्डेसनलाई १ अर्ब ५० करोड भारू रोयल्टी दिएर उद्योगले १८ वर्षसम्म सामान उत्पादन गर्ने ठेक्का पाएको छ । यसले कति प्रतिशत लगानी च्यारिटीमा गर्छ भन्ने खुलाइएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved