२२ टनको डोजर नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 04:25:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको नं. १ ठूला निर्माण सामग्री बनाउने कम्पनी एक्स.सी.एम.जी को नेपाली वितरकले एक्स.इ. २१५ सी एक्साभेटर लन्च गरेको छ । उत्तः कम्पनीको नेपाली आधिकारीक वितरक आई.डी.एम.सी ले विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनीले बनाएको एक्स.इ.२१५ सी एक्साभेटर लन्च गरेको हो ।

एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ । यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको  छ । यसको तौल २२ टन रहेको कम्पनीको भनाई छ । 

आई.डी.एम.सी को मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा छ । नेपालभरमा ६ वटा शाखा समेत छन् ।

एक्स.सी.एम.जी कम्पनीले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved