खाने तेल किन्दा हिराको हार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 09:06:40 AM मा प्रकाशित

laxmi  sunrise bank

केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजले तेल किन्दा हिराको हार जित्ने आकर्षक उपहार योजना ल्याएको छ। कम्पनीले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको हो।

“सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार” नारा दिईएको यस योजनामा सहभागी हुनलाई उपभोक्ताले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्नेछ।

हरेक १५ दिनमा लक्की ड्र अन्तरगत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र अन्तरगत ३ महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्ने कम्पनीले जनाएको छ।      

यो योजना २३ अक्टुबर २०१९ देखि लागू हुनेछ । यो अफरको नारा “सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार” रहेको छ। त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved