दराजमा ठगिदै ग्राहक, सेल डेमा अन्य दिनको भन्दा ९ हजार महँगो (प्रमाणसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2019 | 12:56:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको कुनै ठुलो पर्व जस्तै तामझामका साथ दराजको सेल डे का रुपमा प्रचार गरीएको नोभेम्बर ११ 'महँगो डे' साबित भएको छ। चाइनिज जायन्ट अलिबाबा ग्रुपले लिएपछि केमुबाट रुपान्तरण भई बनेको दराजले ८० प्रतिशतसम्म छुट दिने भनि नेपालसंगै पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा एकै पटक सेल डे मनाउने घोषणा गरेको हो।   

सेल डे अर्थात आजका दिन ८० प्रतिशतसम्म छुट दिने भनि प्रचार प्रसार गरीएपनि ग्राहकहरुले बजार मुल्य भन्दा पनि बढी तिर्नुपरेको गुनासो आउन थालेको छ। कथित सेल डे का दिन दराजबाट सपिङ गरेका केहि ग्राहकले आफुहरु लुटिएको भन्दै सामाजिक संजालमा दराजको चर्को आलोचना समेत गरेका छन।

सामान्यतया सेल डे का दिनमा बजारमा भन्दा अत्यधिक सस्तोमा समानहरु किन्न पाइने हो। तर दराजमा भने त्यसको ठिक बिपरित भएको भेटिएको छ। बजारमा १००० पर्ने सामानलाई २००० सम्म राखेर त्यसमा भारि छुट दिइएको भन्दै ग्राहकलाई १२०० भन्दा माथिमा उक्त सामान भिडाईएको पाइएको छ। बजार मुल्य भन्दा सस्तोमा पाइनुपर्ने सामान छुट पश्चात समेत महँगो पर्न गएपछि ग्राहकहरुले सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका हुन।    

उनीहरुले दराज मा भएका समानहरुको मुल्यलाई बजार मुल्यसंग तुलना गर्दै दराजको सेल डे नभई 'ठग डे' भएको टिप्पणी गरेका छन। 

हेर्नुस केहि उदाहरण: 


माथि फोटोमा देखिएको ल्यापटप एसर नाइट्रो ५ हो । पहिलो तस्विर दराज कै वेबसाइटमा राखिएको ६ महिना अगाडीको मूल्य हो । त्यसबेला एक बिजपाटीकर्मीले सोहि ल्यापटप ८८ हजार ५ सयमा खरिद गरेका थिए जसमा ६ महिनाको निशुल्क वल्डलिंकको इन्टरनेट प्याकेज पनि समावेश थियो । त्यसको खरिद बिल अहिले पनि बिजपाटी संग सुरक्षित छ । तर सोहि ल्यापटप अहिले १० हजार रुपैयाँ बढाएर सेल डे मा राखिएको छ र इन्टरनेट सुविधा पनि छैन । सामान्यतया  इलेक्ट्रोनिक सामानहरुको मूल्य समय क्रम संगै घट्ने गर्छ तर दराजले भने भारि छुट दिने भन्दै मूल्य १० हजार बढाएको छ । 

हामीले यसको बजार मूल्य पनि बुझ्ने कोशिश गर्यौ । दराजलाई यो ल्यापटप सप्लाई गर्ने  पसलले नै यसको अन्तिम मूल्य ८७ हजार रहेको र सोहि मूल्यमा आफुले ल्यापटप दिन सक्ने बिजपाटीलाई बताए । उनले आफुले दराजलाई पनि सोहि मूल्यमा ल्यापटप दिने गरेको बताए । यहि बाट प्रष्ट हुन्छ दराजले गरेको ठगी । 

हेर्नुस समान सप्लाई गर्ने पसलले राखेको मूल्य ।

यस्तै ठगीको गुनासो अन्यले पनि गरेका छन् । 







यदि तपाई पनि आफु दराजबाट ठगिएको महशुस गर्नु भएको छ आफ्नो अनुभव तल कमेन्टमा वा हामीलाई [email protected] मा साट्न सक्नु हुने छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved