शाओमीको नयाँ स्मार्ट फोन बजारमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 04:23:30 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८ मा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ । रेडमी ८ए मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ ।

दुवै फोनमा ५ हजार एमएएच ब्याट्री रहेको छ । एकपटक चार्ज गरेपश्चिात लामो समय चार्ज टिक्ने कम्पनीले जनाएको छ । क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । 

६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एसपेक्ट रेसियो जस्ता विशेषता रहेको छ । यसले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । रेडमी ८ए मा इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सकिने छ । 

रेडमी ८ए को फ्रन्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ र दुवै फ्रन्ट र रियर क्यामेराबाट एआई पोट्रेट मोड सट लिन सकिन्छ । 

रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य ११ हजार ९९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य १२ हजार ९९९ रहेको छ । 

४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ को १४ हजार ९९९ मूल्य छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved