कोका–कोला खाँदा गुरुङले जिते टाटा टियागो कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 05:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले यो वर्षको “कोका–कोला क्यापमा कार” को विजेतालाई बम्पर उपाहर प्रदान गरेको छ । कम्पनीले  हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको हो ।  बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा विजेतालाई गाडीको साचो हस्तान्तरण गरेका हुन ।  

यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका बोटलर्स नेपालले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved