शिवम् सिमेन्टले पायो ‘क्वालिटी अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 04:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट नेपाल सरकारको N.S. Quality Award-2019 बाट सम्मानित भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने उक्त अवार्ड शिवम्ले पाएको हो ।

नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरु मध्ये खुल्ला प्रतिस्पर्धा गरी उत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रि वितरण गर्ने उद्योगलाई विभागले यो अवार्ड प्रदान गर्दै आएको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालज्यू, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर समेतको उपस्थितीमा शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई अवार्ड हस्तान्तरण गरिएको हो । 

शिवम् सिमेन्टले हाल ओपिसी सिमैन्ट मात्रै उत्पादन गर्दै आएको छ । नेपाल गुणस्तर चिन्हसँगै शिवम् सिमेन्टले ISO, ISI, / URS पनि प्राप्त गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved