बाजेको सेकुवाको आउटलेट गठ्ठाघरमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 03:16:45 PM मा प्रकाशित

laxmi  sunrise bank

‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा पनि सेवा सञ्चालनमा ल्याएको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो । बाजेको सेकुवा ब्रान्डमा फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज सम्झौता गर्नेछ ।

नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा पनि रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य लिएको छ ।

ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आएलगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको छ । कम्पनीले गठ्ठाघर स्थित बाजेको सेकुवाको फ्राञ्चाइज अमित दाहाल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा २५ जनाले रोजगारी पाएका छन् ।

उक्त शाखाको बाजेको सेकुवाका निर्देशक नितिमा कार्की र स्थानीय समाजसेवी सरस्वती थापाले संयुक्त रुपमा उदद्घाटन गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved