रियलमीको नयाँ स्मार्टफोन नेपाली बजारमा, मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 10:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीका दुई नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ नेपालमा सार्वजनिक गरिएको छ। नेपालका लागि रियलमीको आधिकारिक वितरक पशुपति ट्रेडलिङ्क (मुराकर समूह अन्तर्गतको उद्योग) ले उक्त स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो। 

रियलमी सी २, रियलमी सी १ को क्रमानुयायी भएको कम्पनीले जनाएको छ। यसमा ६.१ डट नोच प्लस डिस्प्ले र कर्निङग गोरिला ग्लास ३ प्लस स्क्रिन रहेको छ। शक्तिशाली मिडिया टेक हेलियो अक्टा–कोर प्रोसेसरको विशेषता भएको रियलमी सी २ मा ओएस एनड्रोइड ९.० पाई र ओएस कलर्स् ६.० छ ।

रियलमी सी २ मा डुअल क्यामेरा सेटअप रहेको छ, जसमा १३ मेगापिक्सल मुख्य क्यामेरा,  २ मेगापिक्सल डेप्थ सेन्सर रहेको छ । यसको फ्रन्टमा  अपर्चरको साथमा ५ मेगापिक्सल क्यामेरा छ। यसमा लामो समयसम्म टिक्ने ४००० एमएएच ब्याट्री रहेको छ । यो स्मार्टफोनमा फेस अनलकको विशेषता पनि छ र २ जीबी प्लस ३२ जीबी भेरियन्टमा रु १३,९९० मा ब्ल्याक र ब्लु कलरमा उपलब्ध हुनेछ ।

रियलमी ५ एक इन्ट्री लेबलको क्वाड क्यामेरा स्मार्टफोन भएको कम्पनीले जनाएको छ। यसमा ७२० रिजोलुशन भएको ६.५ इन्च एचडी प्लस डिस्प्लेको साथमा गोरिला ग्लास ३ प्लस प्रोटेक्सन रहेको छ। एन्ड्रोइड ९ पाईको साथमा कलर ओएस भएको यो फोनमा शक्तिशाली स्न्यापड्रेगन ६६५ र अक्टा कोर प्रोसेसर छ ।

रियलमी ५ मा लामो समयसम्म टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ । यस बीच ४ क्यामेरा सेटअपमा १२ एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो, २ एमपी डेप्थ सेन्सर र १३ एमपी सेल्फी क्यामेरा रहेको छ । रियलमी ५, ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जीबी भेरियन्ट ब्लयाक र ब्लु कलरमा क्रमश रु २०,९९० र रु २३, ९९० मा उपलब्ध हुनेछ ।यो नयाँ स्मार्टफोन मंसिर ३ गतेदेखि देशभरिको आधिकारिक रियलमी स्टोरहरुमा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved