पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 04:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबलनेट प्रालिले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ। यस सम्बन्धि सम्झौतामा 

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स इभेन्ट नेपालकी प्रबन्ध निर्देशक छुम्बि लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन। 

उक्त सम्झौता नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा भएको थियो। नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको कम्पनीले जनाएको छ।  

प्रत्यक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच तथा “फास्टेस्ट फिफटी ”लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved