टिभीएसको नयाँ स्कुटी सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 08:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभीएस मोटरले नयाँ स्कुटी टिभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार स्कुटी सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार यसमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको भने हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । त्यस्तै स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउ कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्ने बताइएको छ । स्कुटर स्टेट–अफ–आट १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको र यसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved