ओपोले काठमाडौंको सिटिसी मलमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टरको उद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्त रुपमा गरेका हुन ।
सेवा केन्द्रले ग्राहकलाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टोल फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिने ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले जानकारी दिए ।