नेपाली ब्राण्ड रुस्लान भोड्काले देश बाहिर पनि बजार विस्तार गरेको छ । रुस्लानका प्याक अब अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियामा उपलब्ध हुने कम्पनीले जनाएको छ । रुस्लान जावलाखेल गु्रप अफ इण्डष्ट्रिजको उत्पादन हो । ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विस्तारित अन्तराष्ट्रिय बजारमा पनि रुस्लानले लोकप्रीयता पाउने विश्वास व्यक्त गर्छन् ।
चीन, थाइल्याण्ड लगायतका देशहरुमापनि ब्राण्डको निकासीका लागि पहल भइरहेको कम्पनीले जनाएको छ । रुस्लान नेपालको पहिलो भोड्का हो ।