दराजले भन्यो, ‘जानीजानी फसाईयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 12:36:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ दराजले आफूलाई फसाईएको प्रतिक्रिया दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दराजलाई ३ लाख रुपैयाँ जरिवाना गरेपछि दराजले आफ्नो कम्पनीलाई जानीजानी फसाईएको प्रतिक्रिया दिएको हो । 

दराजले प्रष्टिकरण सार्वजनिक गरेरै सामान फिर्ता प्रक्रियामा सम्पर्क गर्नुको सट्टा एक उपभोक्ताले वाणिज्य विभागमा सम्पर्क गरेर आफ्नो कम्पनीलाई फसाएको आरोप लगाएको छ । दराजले विज्ञप्तिमा भनेको छ, ‘७ दिने सजिलो फिर्ता प्रक्रिया सुरु गर्नुको साटो उक्त व्यक्तिले सीधै वाणिज्य विभागका अधिकारीहरूलाई गुनासो गरे । हामी उक्त समस्याको निराकरण सजिलै गर्न सक्ने थियौं । हामीले पछि सम्पर्क गर्दा उजुरी गर्ने व्यक्तिले रकम फिर्ता लिन पनि अस्वीकार गरे । दराजलाई आन्तरिक अनुसन्धान गर्ने वा मैत्रीपूर्ण तरिकाले मुद्दा सुल्झाउने मौका नदिइ विभागबाट निर्णय भएको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved