दराजमा ६० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 03:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

दाराजले शपिंग अभियान घोषणा गरेको छ । दाराजले एप्पि शपिंगको साथ २०२० को पहिलो एक हप्ते सपिंग अभियान घोषणा गरेको हो । फेब्रुअरी २५ देखि मार्च ०२ सम्म सञ्चालन हुने हुने अभियानमा गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यस्तै वन रुपी गेम, मिशन गेम, र शेक शेक पनि छन् सञ्चालन हुनेछन् । 

प्रयोगकर्ताले दराजको शेकशेक गेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्ने कम्पनीले जनाएको छ । यसका साथै कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू र अन्य उत्पादनहरूमा छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स आयोजना हुने बताईएको छ ।

एप अभियान मार्फत दराजले प्रदान गर्ने मेगा डिलहरू अन्तर्गत धेरै उत्पादनहरूमा ६० प्रतिशत सम्मको छुट हुने कम्पनीले जनाएको छ । यस्तै प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्ने  ।  

दराजका अनुसार ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको लिन सक्ने छन्। दराजको बैंकिंग साझेदारहरूमा नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved