सिजीको 'इओन ब्लेज गोल्ड' स्मार्टफोन नेपाली बजारमा, मूल्य ९ हजार रुपैयाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2016 | 04:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

cg smartphoe

सिजी इलेक्ट्रोनिक्स कम्पनीले 'इओन ब्लेज गोल्ड' नामको स्मार्टफोन बजारमा ल्याएको छ। ५ इन्च डिस्प्ले रहेको 'इओन ब्लेज गोल्ड' फोन यस अघिको इओन ब्लेजको नयाँ भर्सन हो।

'इओन ब्लेज गोल्ड'मा जडान गरिको १३ एमपी अटो फोकस क्यामेरा र ५ एमपीको फ्रन्ट क्यामेराका कारण सेल्फी क्रेजीहरुको लागि उपयुक्त रोजाई पर्ने कम्पनीको दाबी छ।

१६ जीबी आन्तरिक मेमोरी रहेको यो स्मार्टफोनले ३२ जीवीको मेमोरी समेत सपोर्ट गर्ने कम्पनीले जनाएको छ। स्मार्टफोनले थ्रीजी नेटवर्क सपोर्ट गर्ने कम्पनीले जनाएको छ। यसमा १.३ क्वाड कोर प्रोसेसर रहेको छ।

एन्ड्रोइड मार्समेलो ६.० ओएस रहेको यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ८ हजार ८ सय ८८ रुपैयाँ पर्ने बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved