लकडाउनमा डिसहोमको ग्राहक सेवा: १६ घण्टा च्याट, १० घण्टा कल सेन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2020 | 06:14:45 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले लकडाउनको बेला पनि ग्राहक सेवा जारी राखेको जनाएको छ । कम्पनीले बिहान ९ बजे देखि बेलुका ७ सम्म कल सेन्टर मार्फत र बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म च्याट मार्फत सेवा प्रदान गरिरहेको जनाएको हो ।

कम्पनीले लकडाउन अगाडी २४ घण्टा नै सेवा प्रदान गर्ने गरेको थियो। लकडाउन लागु भएपछिको विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवा समय घटाउनु परेको कम्पनीले जनाएको छ । यद्यपि कम्पनीले कल सेन्टर र च्याटमा आएका समस्यालाई डिलर र सब डिलर मार्फत समाधान गरिरहेको जनाएको छ । कम्पनीले फिल्डमा खटिएर गर्ने प्राविधिक कार्यलाई पनि निरन्तरता दिईएको जनाएको छ । नयाँ बन्ने ग्राहकलाई समेत नजिकको बिक्रि केन्द्र मार्फत घर मै पुगेर सेवा प्रदान गरिने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार लकडाउनको पहिलो र दोस्रो हप्ता रिचार्जको माग ह्वात बढेको थियो । तर अहिले भने लकडाउन भन्दा अगडीको अबस्थामा रिचार्ज भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकलाई रिचार्ज समस्या नहोस भनेर आफ्ना डिलर सब डिलरलाई क्रेडिट लिमिट दिएर पनि रिचार्ज सेवा दिएको छ भने फण्ड ट्रान्सफर प्रणाली माफर्त पनि सेवा दिइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved