सेलपे एप मार्फत समान किन्दा १० मास्क र एउटा साबुन सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2020 | 09:41:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ईकमर्स प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत एपको कुपन सेक्शनको खेति फुडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निस्शुल्क पाउने कम्पनीले जनाएको छ ।

पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ ।  समान खरिद गरिसकेपछि भुक्तानीको लागि सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved