पुराना ग्राहकलाई डिसहोमको निःशुल्क सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 03:18:51 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस मिडिया नेटवर्क (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि लागि  निःशुल्क रूपमा च्यानलहरू उपलब्ध गराउने भएको छ । उनीहरुलाई डिसहोमले  वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको हो ।  

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५०००  उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा  रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरी रहनुभएको हुँदा पनि डिसहोमले यस्तो व्यवस्था गरेको जनाएको छ । 

डिसहोमले नेपालका टिभी सेवा प्रदायक नेटवर्क भएको र उपग्रह (स्याटलाइट) को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved