१० ग्राहकलाई डिसहोमले दियो १ लाख नगद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2020 | 09:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले 'डिलरदाईको डिस्काउन्ट' नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत १० जना विजेताले प्रति व्यक्ति १ लाख  नगद प्राप्त गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आगामी लक्की ड्र २०७७ साल जेष्ठ १६ गते शुक्रबारदेखि हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल जेष्ठ ९ गते शुक्रबार देखि जेष्ठ १५ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई जेष्ठ १६ गतेको लक्की ड्रमा समावेश गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved