भायनेटले ल्यायो अनलाइन क्लासको लागि दोब्बर स्पिडको विशेष प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 12:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सर्भिस प्रदायक भायानेटले विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ्ग टिभी प्लस नामका दुई नयाँ प्याकेजहरु ल्याएको छ । उक्त प्याकजमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबीपीएससम्म अर्थात दोब्बर हुने र अन्य समयमा २५ एमबीपीएसमा सञ्चालन हुने  कम्पनीलेजनाएको छ । 

विद्यार्थी तथा शिक्षकलाई बिना अवरोध हाई स्पीडमा क्लास संचालनगर्न सहयोग मिलोस् भनेर उक्त प्याकेज ल्याएको कम्पनीले जनाएको छ । उक्त प्याकेजमा“फोकस मोड” विशेषता र नेटटिभी टिभी सर्भिस जस्ता सेवाहरु समावेश रहेको जनाइएको छ । 

प्याकेजमा समावेश गरिएको नेटटिभी टिभी सर्भिसमा २५० भन्दा बढी च्यानलहरुका साथपज् र प्ले, क्याचअप टिभी, मूभी अन डिमाण्ड र मोबाइलएप जस्ता विशेषताहरु रहेको जनाइएको छ । कम्पनीका अनुसार ई–लर्निङ्ग प्याकेज प्रति महिना १७ सय रुपैयाँमा उपलब्ध छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved