डाबर नेपालले 'ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर' बजारमा ल्याएको छ । महामारीबाट बच्नको लागी वरपरको वातावरण तथा बस्ने स्थानको उचित सरसफाई गर्नु तथा किटाणुरहित बनाउने अभियानमा सहयोग गर्न कम्पनीले उक्त क्लिनर ल्याएको हो ।
कम्पनीले उक्त फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली भएको जनाएको छ । कम्पनीका अनुसार बैज्ञानिक परिक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ ।
उक्त क्लिनर ५०० मिलि र १ लिटरको जारको क्रमशः १४० र २६५ रुपैयाँ मूल्यमा बजारमा उपलब्ध रहेको जनाइएको छ ।
साथै कम्पनीले अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार ओडोनीलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ । १५३ मिलिको एयर स्यानिटाइजर २३८ रुपैयाँमा बजारमा उपलब्ध रहेको जनाइएको छ ।