बिक्रिपछीको सेवा दिन सीटी सेन्टरमा खुल्यो ओप्पो सर्भिस सेन्टर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 08:14:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमान्डौको कमलपोखरीस्थित सीटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर सञ्चालनमा आएको छ। उपभोक्तालाई विक्री पछिको सेवामा उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्यका साथ सिटि सेन्टरमा कस्टमर सर्भिस संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। 

सर्भिस सेन्टर मार्फत नेपाली बजारमा बिक्रि भएका ओप्पो ब्राण्डका मोवाईल फोनको मर्मत तथा सर्भिसिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले सिटि सेन्टरको दोस्रो तल्लामा अवस्थित सो सेवा केन्द्रबाट आईतवार देखि शुक्रवार विहान १० देखि बेलुकी ६ बजे सम्म सेवा सुविधा लिन सक्नेछन् ।    

उपभोक्तालाई सुविधा लिन थप सहजताका लागि कम्पनीले टोल फ्रि नम्बरपनि सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले १६६००१८८८८६ नम्बरमा फोन गरी आफ्ना समस्या तथा जिज्ञासा राख्न सक्ने कम्पनीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved