पुर्व प्रधानमन्त्री ओलीले गरे पिएलओ लुब्रिकेन्टसको अबलोकन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 08:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाञ्चल ल्युव आयल प्रालिले १५ औ बार्षिकोत्सब मनाएको छ। १५ बर्ष पुगेको अबसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कारखाना अबलोकन गरेका छन् । 

नेपालमा उत्पादन हुने लुब्रिकेन्टस मध्ये अग्रणी रहेको पिएलओले नेपालमा ८ प्रतिशत बजार हिस्सा  रहेको पिएलओका डाइरेक्टर कष्ण प्रसाद दुलालले बताए । नेपालमा उत्पादन हुने लुब्रिकेन्ट्सले समग्र बजारको ३० प्रतिशत हिस्सा ओगटेको डाइरेक्टर दुलालले बताएका छन्।  

मोरङको बिराटचोकमा रहेका यस कम्पनीले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ । प्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिइरहेको पिएलओका देशभरमा ७ सय भन्दा बढी डिस्ट्रीब्युटर रहेका छन् ।

चालू आर्थिक बर्षमा ५० करोड बढीको कारोबार लक्ष्य कम्पनीले लिएको डाइरेक्टर दुलालले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved