युबापुस्तालाई लक्षित गर्दै 'लेनोभो के५ नोट' फोन नेपाली बजारमा, यस्ता छन बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 11:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा मोबाईलका प्रयोगकर्ताको सँख्या बढेसँगै बिभिन्न मोबाईल कम्पनिहरुका बिचमा ग्राहकलाई आकर्षित गराउने होडबाजि चलिरहेको छ । यसैको प्रतिफल स्वरुप आयतकर्ता कम्पनी लाईफकमले नेपाली बजारमा युबापुस्तालाई केन्द्रित गरेर बिभिन्न ब्राण्डका स्मार्ट फोनहरु नेपाली बजारमा भित्राएको छ। 

कम्पनीले हालै मात्र नेपाली बजारमा ल्याएको लेनोभो के५ नोट र लेनोभो के५ नोटमा बिशेष फिचर रहेको र यो युवा पुस्तामा केन्द्रित रहेको लाईफकमका प्रमोटर कौसल डियोले जानकारी दिएका छन। यी स्मार्टफोन नेपाली बजारमा सहजै पाउन सकिने उनले बताएका छन। बिशेषता:       

लेनोभो के५ नोट

यो स्मार्टफोन एन्ड्रोईडमा आधारित रहेको छ भने यसमा ५.५ ईन्चको को फूल एच.डि. स्क्रिन रहेको छ। यसमा ४८१.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, ३ जिबि र्याम, इन्टरनल स्टोरेज ३२ जिबि जडान गरिएको छ। ग्राहकले सन्चय क्षमता बिस्तार गर्नु परेमा २५६ जिबिसम्मको माईक्रो एसडि कार्डको प्रगोग गर्न सकिने छ। 

फिङ्गर प्रिन्ट सेन्सर भएको तथा भि आर मोडमा गएर मुभि हेर्दा थ्रि डी थिएटर म्यक्सको अनुभुति दिने कम्पनीको दाबी छ। सेल्फी प्रेमिहरुका लागि डुयल लेड फ्ल्यास सहित ८ मेगापिक्सेलको सेल्फि क्यामरा र १३ मेगापिक्सेलको रेयर क्यमरा जडित रहेको स्मार्ट फोनमा एन्ड्रोइडमा आधारीत भि ५.१ ललिपपको प्रयोग गरीएको छ । 

यस मोबाईलमा ३५०० एमएएचको ननरिमुभएबल लिपोलिमर ब्याट्रिको प्रयोग गरिएको छ । यो स्मार्ट फोनमा २ वटा नानो सिम कार्डको प्रयोग गर्न सकिन्छ भने यो स्मार्टफोनले  ३ जी र ४ जी नेटवर्क सपोर्ट गर्दछ । यो स्मार्टफोन नेपाली बजारमा २७००० मा उपलब्ध छ।


लेनोभो भाईब के ५

यो स्मार्टफोनमा ५ ईन्च फुल डिस्प्ले रहेको छ। यसमा ४८१.५ गिगाहर्जको अक्टाकोर क्वालकोम स्न्याप ड्रागन ४१५ प्रोसेसर, २ जिबि र्याम र १६ जिबि रुम जडान गरिएको छ। यो स्मार्ट फोनमा १२८ जिबि सम्मको माईक्रो एसडी कार्डको प्रयोग गरेर अतिरिक्त संचय क्षमता बढाउन सकिन्छ । 

५ मेगापिक्सेलको फ्रन्ट क्यमरा र १३ मेगा पिक्सेलको रेयर क्यमरा जडित यो स्मार्ट फोनमा २७५०  एमएएचको लिपो ब्याट्रीको प्रयोग गरिएको छ। यो स्मार्टफोनले तिब्र गतिको ४ जी नेटवर्क सपोर्ट गर्दछ। यो मोबाईलको मूल्य नेपाली बजारमा रु १७००० कायम गरीएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved