नयाँ फिचर सहित 'ब्ल्याक भ्यु' स्मार्ट फोन नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 12:02:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा मोबाईलका प्रयोगकर्ताको सँख्या बढेसँगै बिभिन्न मोबाईल कम्पनिहरुका बिचमा ग्राहकलाई आकर्षित गराउने होडबाजि चलिरहेको छ । यसैको प्रतिफल स्वरुप चर्चित मोबाईल उत्पादक कम्पनि ब्ल्याकभ्युले नेपालमा पनि आफ्ना बिभिन्न ब्राण्डका स्मार्ट फोनहरु नेपाली बजारमा भित्राएको छ । 

“स्मार्ट फोन फर इभ्रिवान” भन्ने नारा तय गरेको ब्ल्याकभ्यूले सबैखाले उपभोक्ताहरुको क्रयशक्तिलाई मध्यनजर गर्दै फोन सेटहरु उत्पादन गरिरहेको जनाएको छ । 

उक्त कम्पनिका स्मार्ट फोनहरु हाललाई नेपाली बजारमा रु.६५०० देखि रु.३०००० सम्ममा उपलब्ध गराइएको आयतकर्ता कम्पनीका कपिल खनालले जानकारी दिए । उनका अनुसार  अधिकांस ब्ल्याक भ्यु स्मार्ट फोनमा फोर जी नेटवर्क सपोर्ट गर्दछ । काठमाण्डौको बसुन्धरामा रहेको पर्ल बिजिनेस ग्रुप मार्फत उक्त कम्पनिले आफ्ना उत्पादनहरु नेपाली बजारमा भित्राउँदै आएको छ ।

ब्ल्याकभ्यूले उत्पादन गरेका मोबाईल सेटहरुमा डिस्प्ले ४.५ ईन्च देखि ५.५ ईन्च, र्याम १ जिबि देखि ४ जिबि सम्म, रुम ८ देखि ६४ जिबि सम्मको रहेको छ । त्यस्तै सन्चय क्षमता बढाउनुु परेमा १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गर्न सकिने मोबाईल सेटहरुमा कोर र अक्टाकोर प्रोसेसरहरुको प्रयोग गरीएको छ । 

रेयर क्यमरा ५ मेगापिक्सेल देखि १६ मेगापिक्सेल र फ्रन्ट क्यमरा २ मेगा पिक्सेल देखि ८ मेगा पिक्सेल सम्म रहेको यो कम्पनिका अधिकांस फोनहरुमा दुबैतर्फ लेड फ्ल्यास रहेको  छ भने यसमा प्रयोग हुने ब्याट्रीहरु २०५० एमएएच देखि ५००० एमएएच सम्मका रहेका छन । 

अधिकांश फोनहरुमा एन्ड्रोृईडमा आधारित ६ दशमलब शुन्य मासमेलो अपरेटिङ सिस्टम र ५ दशमलब शुन्य ललिपप अपरेटिङ सिस्टमको प्रयोग गरिएको र फिङगर प्रिन्ट सेन्सर, प्रोक्सि सेन्सर, ग्यास्ट्रो सेन्सर र लाईट सेन्सरको प्रयोग गरीएका फोनहरु उपलब्ध गराईएको आयतकर्ताले बताएका छन । यो कम्पनिले उत्पदन गरेका बिभि ६००० र बिभि ५००० मोडलका मोबाईलहरुमा भने फरक बिशेषता रहेको आयत कर्ताको भनाई रहेको छ । 
 
बिभि ६०००
यो मोडलका स्मार्टफोनहरु आगो, पानि र धुलोबाट पुर्णतया सुरक्षि हुने गरी तयार गरीएको छ भने यो फोन खस्दा पनि नफुट्ने गरी सुरक्षित गरीएको छ । 

यो मोबाईलमा २ गिगा हर्जको अक्टाकोर प्रोसेसर, मिडिया टेकको हेलियो पि वान जेरोको प्रयोग गरीएको छ । आबस्यकता अनुसार १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गरी संचय क्षमता बिस्तर गर्न सकिने  यो स्मार्टफोनको र्याम ३ जिबि र रुम ३२ जिबि रहेको छ भने लेड फ्ल्यास सहित १३ मेगा पिक्सेलको रेयर क्यामरा तथा ५ मेगापिक्सेलको उत्कृस्ट सेल्फि क्यमरा जडित रहेको छ ।

४.७ ईन्च एच डि सहितको स्क्रिन भएको यो मोबाईलमा फास्ट चार्ज हुने ४५०० एमएएचको  नन रिमुभ एबल लिथियम पोलिमर  ब्याट्रिको प्रयोग गरीएको छ । 

२ वटा माईक्रो सिमकार्ड राख्न मिल्ने गरी निर्माण गरीएको यो स्मार्टफोनमा फो जि सम्मको नेटवर्क सपोर्ट गर्दछ ।

यो मोबाईलको डाट स्पिड ३ जी र एलटीईमा ४२ एमबिपिएस,अपलोड क्षमता ५.७६ एमबिपिएस र  ४ जी नेटवर्कमा ३००÷५० एमबिपिएस क्षमता रहेको छ ।

एन्ड्रोईडमा आधारीत सिक्स पोईन्ट जेरो मासमेलो अपरेटीङ सिस्टममा आधारीत कर्निङ गोरिल्ला ग्लास थ्रि द्वारा सुरक्षित गरीएका यी स्मार्ट फोनहरु कालो, हरीयो र पहेंलो रंगमा बजारमा उपलब्ध छन । यो फोनको बजार मूल्य नेपाली बजारमा रु. १९९९५ रहेको छ ।
 

 

बिभि ५०००
१.० गिगा हर्जको क्वाडकोर प्रोसेसर रहेको यो स्मार्टफोनमा लेड फ्ल्यास सहित ८ मेगापिक्सेलको रेयर क्यमरा र २ मेगा पिक्सेलको फ्रन्ट क्यमरा जडित रहेको छ । 

२ जिबिको र्याम र १६ जिबिको रुम  रहेको यो स्मार्टफोनमा अतिरिक्त संचय क्षमता बृद्वि गर्नका लागि १२८ जिबि सम्मको माईक्रो एसडि कार्डको प्रयोग गर्न सकिन्छ ।

५.५ इन्चको स्क्रिन साईज रहेको यो फोनमा ५००० एमएएचको  लिथियम आईओएन पोलिमर ब्यट्रिको प्रयोग गरीएको छ ।

माईक्रो सिम सहित २ वटा सिम राखेर चलाउन मिल्ने ४२.२÷५.७६ एमबिपिएस स्पिडमा ४ जी नेटवर्क सपोर्ट गर्ने यो स्मार्टफोन एक्लेरोमिटर, प्रोक्सिमिटी, हाल्फ इफेक्ट सेन्सर ग्राभिटी सेन्सर जडीत रहेको छ । एन्ड्रोईडमा आधरीत भि फाइभ पोईन्ट वान ललिपप रहेको यो स्मार्टफोनको मूल्य नेपाली बजारमा रु.१४९९५ रहेको छ ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved